टिकट मसँग छ, मौसमी राजनीति गर्ने पर्यटकले उम्मेदवारी दर्ता गरेछन् : राप्रपा नेता अधिकारी
हेटौंडा। हेटौंडा उपमहानगर पालिकाको मेयर पदमा राप्रपाका नेता दिपकबहादुर सिंहले उम्मेदवारी दर्ता गरेपछि राप्रपा भित्र असन्तुष्टि चुलिएको छ।
टिकट सिफारिस समितिले सिफारिस गरेको भन्दा बाहिरको ब्यक्तिलाई टिकट दिइएको भन्दै आपत्ति प्रकट गरिएको छ। राप्रपा नेता मधु अधिकारिले पार्टी केन्द्रले पठाएको टिकट मसँग छ, तर मौसमी राजनीति गर्ने पर्यटक उम्मेदवारले राप्रपाको तर्फबाट उम्मेदवारी दर्ता गरेको खबर सुनेर आफू आश्चर्य चकित भएको बताए।
उनले भने, ” यो उम्मेदवारी दर्ताप्रति मेरो पूर्ण रुपमा असहमति छ, असहमति मात्र होइन आपत्ति छ”। विधि, प्रक्रिया र कार्यकर्ताको भावना बिपरित उम्मेदवारी दर्ता गर्ने प्रबृत्तिको भण्डाफोर गरिने समेत नेता अधिकारीले बताए।
यस्तो अराजनीतिक गतिविधिले पार्टी कमजोर बन्ने र पद्धतिको उपहास हुने भन्दै अधिकारिले चाडै पार्टीका नेता कार्यकर्ता सङ्ग छलफल गरि निर्णय गरिने बताए। हेटौंडाको मेयरमा सिफारिस समितिले नबराज बिष्ट, रामहरि न्यौपाने , इन्दिरा न्यौपाने र बिशभ अधिकारीको सिफारिस गरिएको थियो। दिपक सिंह राप्रपा र राप्रपा नेपालको बिभाजन पछि कतै खुलेका थिएनन्।







डिसी नेपाल








Facebook Comment