एक लाख ३६ हजार २६९काे उम्मेदवारी : कुन पदमा कति उम्मेदवार ? (सूचीसहित)

डिसी नेपाल
१३ वैशाख २०७९ ७:३४
40
Shares

काठमाडौं। स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन्। निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे।

याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ काे स्थानीय तहकाे चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति उम्मेदवार ?

मेयर : ३ हजार २६१

अध्यक्ष : ३ हजार २५४

उपमेयर : २ हजार ३

उपाध्यक्ष : २ हजार २९२

वडाध्यक्ष : ३२ हजार ५९

महिला सदस्य : २३ हजार ३ सय ७५

दलित महिला सदस्य : २१ हजार ११५

सदस्य : ४८ हजार ९१०

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयाेगले भनेकाे छ। र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.