अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१३ वैशाख २०७९ ८:५४
152
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर १२३ रुपैयाँ ०१ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०८ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ र ६५ बिक्री दर १५६ रुपैयाँ ४१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ३८ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८८ रुपैयाँ ०३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ५१ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १० पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७९ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.