‘सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ’
काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन्।सामाजिक सञ्जाल मार्फत घिमिरेले स्थानीय तहको निर्वाचन पश्चात निर्णय लिने बताएका छन्।
उनले भनेका छन् ‘सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ।’
कांग्रेसको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघको पूर्वअध्यक्ष समेत रहेका घिमिरे गत वर्ष कांग्रेसको प्रदेश महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए।
सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ!
— Gururaj Ghimire (@ghimire_gururaj) April 26, 2022







डिसी नेपाल








Facebook Comment