असफल भएकालाई कति दोहोर्‍याइ राख्ने?, काम गर्न सक्नेलाई जिम्मेवारीमा ल्याउनुपर्छ

डिसी नेपाल
१३ वैशाख २०७९ १३:३६
444
Shares

अहिलो निर्वाचन प्रणाली महंगो भएको चर्चा चलिरहेको छ। हुन पनि एउटा चुनाव जित्न करोडौं खर्च गर्नु पर्ने अवस्था छ। त्यो कसरी भयो भने राजनीतिलाई मानिसहरुले पैसा कमाउने पेशा बनाए। हुन त राजनीति पनि आम जनताको लागि सेवा गर्ने पेशा हो।

तर ध्यान दिनुपर्ने कुरा राजनीति एउटा सिद्धान्त, एउटा उद्देश्य लिएर पार्टीगत रुपमा सञ्चालित समाज सेवा हो। तर यहाँ त्यो भएन। नभएपछि म यसलाई विस्तारै परवर्तन गर्ने हिसाबले समाजसेवामा लागेको ३-४ दशकको अनुभव लिएर आएको हुँ।

यो उमेरमा भएपनि मैले राजनीतिमार्फत देश र जनताका सेवा गर्ने अठोट दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएको हुँ।

आफ्नो राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही हदसम्म कुराहरु, मेरा धारणाहरु मिल्न गयो। मिलेको कारणले यसबाट समाज सेवा पनि गर्न पाएँ। राजनीतिलाई पनि पेशा होइन एक किसिमको समाज सेवा हो भनेर परिवर्तन गर्न सकिन्छ कि भन्ने त्यो उद्देश्य हो मेरो।

हो, राजनीति एउटा फोहोरी खेल हो । तर, यो फोहोर कसले गर्‍याे ? त्यहीँ भित्र बसेका राजनीतिकर्मीहरुले त्यसलाई दुषित बनाए। अब सबैले त्यसैगरी अगाडि बढ्ने हो भने राजनीति सधैं फोहोरी नै हुन्छ। राजनीतिमा दुषित वातावरण बनाउन हुँदैन।

यसले सही कुरा गर्ने, आम जनताको कुरा गर्ने, उनीहरुको भलो चिताउने, कमिसन, भष्टाचार र आर्थिक चलखेल नगरिकन काम गर्ने हिसाबले म आएको हुँ। राजनीतिमा अहिले जे छ त्यसलाई बिस्तारै अगाडि परिवर्तित गर्दै लैजाने भन्ने हिसावले म यसमा लागेको हो।

यो उमेरमा भएपनि मैले राजनीतिमार्फत देश र जनताका सेवा गर्ने अठोट दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएको हुँ। राजनीतिलाई पनि पेशा होइन एक किसिमको समाज सेवा हो भनेर परिवर्तन गर्न सकिन्छ कि भन्ने त्यो उद्देश्य हो मेरो।

देश यही क्रममा चल्दै गयो भने देश कुनै दुर्घटनामा पर्ने देखिन्छ। अहिलेको परिप्रेक्ष्यमा अवस्था त्यही नै छ। यसलाई कसरी रोक्ने ? तर राप्रपाले त्यही पुरानो एजेण्डा मात्र बोक्ने होइन। राप्रपाले जहिले पनि आम जनता, हिन्दु राज्य र राजतन्त्र भनेको छ।

राजतन्त्र २०६२ सालको आन्दोलनले राजतन्त्र चाहिँदैन भन्ने बित्तिकै देशबाट हट्यो । राजा हटाएपछि पनि त्यसपछिको देशको अवस्था के-कस्तो छ भनेर हामीले हेर्‍याैं। धेरै राजाहरुलाई हामीले हेर्‍याैं। धेरै राजाहरुले काम गरेको पनि देखिसक्यौं। परिवर्तन कहाँ के आयो?

अहिले पाँच-पाँच वर्षमा राष्ट्रपति परिवर्तन हुन्छ। हरेक पटक परिवर्तन भएको राष्ट्रपतिलाई त्यही अनुसार पूर्वराष्ट्रपतिको हैसियतमा खरखजाना देऊ। उनीहरुलाई गाडीको सुबिधा र तलब भत्ता दिएर उनीहरूलाई पालिरहनु परेको छ।

रामवरण यादवले राष्ट्रपतिबाट अवकाश पाएपछि पनि त्यो सुविधाहरु दिइ नै रहेका छन्। यसै प्रकारले राष्ट्रको एउटा राष्ट्रपतिको उपमा दिइरहने हो? या सांस्कृतिक राजा राखेर एउटै राजसंस्थालाई एकताको केन्द्र मानेर अगाडि बढ्ने हो?

प्रतिस्पर्धामा हारजितको कुरा त आउँछ नै। तर जो उम्मेदवार छ महानगरपालिकाको लागि त्यसको सोच, विकास, भावी योजनाहरुलाई पनि त जनताहरुले हेरेर भोट खसाल्छन् होला नि। अहिले जनताहरुको के धारणाहरु आइरहेको छ भने परिवर्तन आवश्यक छ । काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारीमा ल्याउनुपर्छ। पटक पटक असफल भएका यी मानिसहरुलाई कति दोहोर्‍याइ राख्ने ?

उदाहरणको लागि गणेशमानको नाममा उहाँको परिवारले कति ब्याज खाइराख्ने ? पहिले उनलाई, त्यसपछि उनकी श्रीमतीलाई मेयर चाहियो। अन्य दलहरुको पनि आफ्नो-आफ्नो छोरा, छोरी, बुहारी, ज्वाईहरुले मात्र रजाई गरिरहेको छ। लोकतन्त्र उनीहरुलाई देशको साधन स्रोतमा हालिमुहाली गर्नको लागि आएको होइन नि।

यो त जनताहरु सबैले राज्यले दिन सक्ने सुविधाहरु समान रुपले भोग्न पाउन् भनेर आएको लोकतन्त्र हो। तपाईं हामीले त्यहाँ प्रवेश नपाउनु ? तपाईं हामीले पनि राज्यको पदमा बसेर काम गर्न नपाउनु ? त्यो वातावरण त जनताले बनाई दिन पर्‍याे  नि। अहिले युवा पुस्ताले बालेन शाहलाई रोजे। युवाले मात्र देश हाँक्न र काम गर्न सक्छ भन्ने छैन।

ममा युवाको शक्ति त छैन तर मेरो पनि जोश र जाँगर त छ। सबैभन्दा मुख्य कुरा मेरो २०-३० औँ वर्ष समाजसेवा गरेको अनुभव छ । यो उमेरमा पनि म १६ घण्टा खट्छु। तर मेरो पछाडि प्रचण्ड युवाहरुको जमात छैन। तर, मलाई युवाहरुले नै ल तपाईं गर्नुस्। पुरानो अनुभवले तपाईंले गर्नुस्। हामी तपाईंको पछाडि छौँ। सपोर्ट गर्छौं भनेकैले म अगाडि आएको हुँ।

म यसरी अगाडि आउनुको कारण त्यही युवाहरुको शक्ति त हो। उम्मेदवारको रुपमा अगाडि आइसकेपछि मतदाताहरुको प्रतिक्रिया पनि राम्रो पाइरहेको छु । बल्ल त उम्मेदवारी दर्ता भयो। भोलिदेखि हाम्रो घरदैलो जाने कार्यक्रम पनि बनाउँछौँ। जनताको अहिलेसम्मको प्रतिक्रिया धेरै राम्रो आइरहेको छ।

हामी विचारमा फरक विचारधाराका भएता पनि हामी तपाईलाई भोट दिन्छौँ भन्नेहरु पनि छन्। तर मैले भने विचारधारा अलग भए पनि साझा लक्ष्य विकास हो भन्ने गरेको छु। त्यसैले हाम्रो अलगअलग विचार भए पनि त्यो विचारलाई राष्ट्र विकासमा लगाउनु पर्छ।

कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.