निरन्तर घट्दै सेयर बजार, २२ सयमा झर्‍याे

डिसी नेपाल
१३ वैशाख २०७९ १५:१७
252
Shares

काठमाडौं । साताको कारोबार तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक १५.०२ अङ्कले घटेर २ हजार २७०.९९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा  सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४ करोड २१ लाख  रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ९९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : अपि पावर र नेष्डो समृद्ध लघुवित्तको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसुचक बाहेक सबै राताम्मे भएको छ। आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र समृद्धि फण्डका लगानीकर्ताले अधिक कमाएका छन् भने हिमालयन पावर पाटनर र मल्टिपर्पोस फाइनान्सका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.