हेटौंडाको मेयरमा २१ र उपमेयरमा ११ जनाको उम्मेदवारी दर्ता

डिसी नेपाल
१३ वैशाख २०७९ १८:२३
16
Shares

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्रतर्फबाट नौ जना गरी २१ जनाले मेयरको पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार, मेयर पदका लागि आइतबार सात जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराए । हेटौँडाको मेयर पदको लागि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामा, नेकपा (एमाले)बाट अनन्त पौडेल, नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी (माले)बाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सञ्जीव खरालले उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदीप ढकालले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।

यसैगरी, हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट नौ जना र स्वतन्त्रतर्फबाट दुई जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपमेयर पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)बाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।

स्वतन्त्रतर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले हेटौँडा उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.