अन्तर्राष्ट्रिय बक्सिङमा सहभागी हुने चार महिला खेलाडी प्रशिक्षणमा

डिसी नेपाल
१४ वैशाख २०७९ ९:५७
36
Shares

काठमाडौं। नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएको छ। अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीकाे इस्टानबुलमा हुनेछ।

१२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले ४८ केजी ताैल समूहमा सुस्मन तामाङ, ५२ केजी ताैल समूहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर फर्किएका हुन्। जसमा पुनम रावलले कास्य पदक जितेकी थिइन। रावलले जितेकाे पदक १२ वर्ष पछि नेपालले जितेकाे पदक हाे। १२ वर्ष पहिला हालका आईबा थ्री स्टार काेच दीपक महर्जनले काँस्य पदक जितेका थिए।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार काेच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन्।

प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले नाम दर्ता गराइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *