बुधबार तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१४ वैशाख २०७९ ११:०१
228
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार सुन तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको  । चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो। मंगलबार चाँदी मूल्य प्रति तोला  एक हजार तीन सय ५० रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.