नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौँ। नेपाल फाइनान्सले ३४ लाख ५४ हजार ४ सय ७४.२७५० कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद सेयर जारी गर्न बैशाख २१ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार बैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयर आवेदन दिन पाउने छन्।
कम्पनीले १ :०.७० अनुपातमा ७० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment