सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीको तालमेल

डिसी नेपाल
१४ वैशाख २०७९ १४:१९
172
Shares

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन्। चुनावी तालमेतअनुसार माओवादी केन्द्रबाट प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी रहेको छ।

माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार छन्। कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन्।

माओवादी र एकीकृत समाजवादीले वडा तहसम्म नै गठबन्धन भएको माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए।

नगरपालिकाको वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा २, ४, ५ र ७ नम्बर वडा एकीकृत समाजवादीको भागमा परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.