प्लेअफबाट बाहिरिने लगभग निश्चितजस्तै भएपछि मुम्बइले सचिन तेन्दुलकरका छोरालाई खेलाउने

डिसी नेपाल
१४ वैशाख २०७९ १६:१९
2.7k
Shares

काठमाडौं । मुम्बई इन्डियन्स सिजनको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ । लगातार ८ खेल हारेको मुम्बइ केही ठूला परिवर्तनहरूको मुडमा देखिन्छ। मुम्बईको टोलीले सुरुवाती ८ खेलमा हार बेहोरेको छ । जितको खाता पनि खोल्न नसकेको मुम्बईको टोलीले आफ्नो ९औं खेलमा ठूलो परिवर्तनको संकेत दिएको छ ।

मुम्बई फ्रेन्चाइजले सचिन तेन्दुलकरका छोरा र देब्रे हातका फास्ट बलर अर्जुनको एउटा भिडियो सेयर गरेको छ, जसमा उनी अभ्यास गरिरहेको देखिन्छ। यस भिडियोको साथ, मुम्बई फ्रेन्चाइजले क्याप्सनमा लेख्यो- परफेक्ट फलो थ्रु एक्शनको साथमा अर्जुन । सात सेकेण्डको यो भिडियोमा अर्जुन रनअपसँगै बलिङको अभ्यास गरिरहेको देखिन्छ । यस क्रममा कोचिङ स्टाफले पनि उनलाई नजिकबाट हेरिरहेका छन् ।

यस्तो अवस्थामा अर्जुनले अर्को खेलबाट आईपीएलमा डेब्यु गर्न सक्ने अनुमान गर्न सकिन्छ । २२ वर्षीय अर्जुन डेब्युका लागि आतुर छन् । यसअघि पनि लखनऊ सुपर जाइन्ट्स विरुद्धको खेलअघि मुम्बईको टोलीले ट्वीट गर्दै अर्जुनलाई डेब्यु गर्न सकिने संकेत दिएको थियो । त्यसपछि अर्जुनकी बहिनी र सचिनकी छोरी सारा तेन्दुलकरले पनि फ्रेन्चाइजीको यो ट्वीटलाई लिएर प्रतिक्रिया दिएकी थिइन् । उनको यो प्रतिक्रिया पनि निकै भाइरल भएको थियो । यद्यपि अर्जुनले डेब्यु गर्ने मौका पाउन सकेनन् ।

२२ वर्षीय अर्जुन तेन्दुलकर देब्रे हातका मध्यम फास्ट बलर हुन्। उनले घरेलु प्रतियोगितामा मुम्बईका लागि हालसम्म दुईवटा टी–२० खेल खेलेका छन् र २ विकेट लिएका छन् । मेगा अक्सनमा मुम्बई फ्रेन्चाइजीले अर्जुनलाई ३० लाखमा किनेको छ । अर्जुनका बुबा र पूर्व क्रिकेटर सचिन तेन्दुलकर हाल आईपीएलमा मुम्बई इन्डियन्स टोलीको मेन्टरको रूपमा काम गरिरहेका छन्। टोलीको कप्तान रोहित शर्मा छन् भने मुख्य प्रशिक्षकमा श्रीलंकाका महेला जयवर्धने छन् ।

मुम्बईको अर्को खेल राजस्थान रोयल्ससँग हुनेछ । यो खेल ३० अप्रिलमा मुम्बईको डीवाई पाटिल स्टेडियममा हुनेछ । रोहितको कप्तानी रहेको मुम्बईको टोलीले अब थप ६ खेल खेल्नुपर्नेछ । यो खेलमा राजस्थान रोयल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *