स्थानीय निर्वाचनः कुन दलबाट कुन पदमा कति उम्मेदवारी ? (सूचीसहित)
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ ।
निर्वाचन आयोगको प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ । आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।
आयोगका अनुसार सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ । प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार ३ सय ६८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट सबै पदमा गरी ३१ हजार ३ सय २३ जनाको उम्मेदवारी परेको छ ।

एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै उप्रमुखका २६ पुरुष र २५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ८८ जना पुरुष र ११८ महिलाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट २५३ जना पुरुष र १२ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै ३६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २९२ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ५२ जना पुरुष र ८० जना महिलाको उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट १५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २६१ पुरुष र २९ महिलाले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १३० जना महिलाको उम्मेदवारी पर्दा उपाध्यक्षमा ११२ पुरुष र २०३ महिलाको उम्मेदवारी परेको छ । त्यसैगरी वडाध्यक्षमा माओवादीबाट ४ हजार ३ सय ३७ पुरुष र ९१ महिलाले उम्मेदवारी दिएका छन् । माओवादीबाट सबै पदमा २२ हजार १७३ जनाको उम्मेदवारी परेको छ ।









डिसी नेपाल








Facebook Comment