घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कति छ अन्य विदेशी विनिमय दर ?
काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर १२२ रुपैयाँ ७६ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २४ पैसा र बिक्री दर १२२ रुपैयाँ ८४ पैसा कायम भएको थियो।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६१ पैसा र बिक्री दर १३० रुपैयाँ २५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ र ७० बिक्री दर १५४ रुपैयाँ ३५ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ३८ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३० पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६२ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment