बेष्ट फाइनान्सको ८८ हजार २५२ कित्ता संस्थापक सेयर बिक्री खुला

डिसी नेपाल
१५ वैशाख २०७९ ९:३५
64
Shares

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको ८८ हजार २५२ कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ।  कम्पनीले संस्थापक सेयरधनी दुर्गा वोहराको नाममा रहेको ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठको नाममा रहेको १८१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो।

यो सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.