तीन दिनमा २२ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोलामा ९८ हजार रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको । चाँदी प्रति तोला २० रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला एक हजार ३ सय ४० रुपैयाँ रहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment