७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति ?
काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिन ७ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख १३ गते निक्षेप ७ अर्बले बढेर ४९ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । वैशाख १२ गते बैंकहरूको निक्षेप ४९ खर्ब २५ अर्ब रूपैयाँ रहेको थियो।
यस्तै, वैशाख १२ गते ४३ खर्ब २९ अर्व रुपैयाँ रहेको बाणिज्य बैंकको निक्षेप ७ अर्वले बढेर ४३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेपछि कर्जा लगानी भने घटेको छ । कर्जा लगानी १ अर्बले घटेर ४७ खर्ब २२ अर्ब पुगेको छ। वैशाख १२ गते बैंकहरुको कर्जा लगानी ४७ खर्ब २३ अर्ब रहेको थियो।
वाणिज्य बैंकहरुको सिडी रेसियोमा पनि केही सुधार देखिएको छ । वैशाख १२ गते ९०.९२ प्रतिशत रहेको सो अनुपात वैशाख १३ गते ९०.७७ प्रतिशत पुगेको छ ।







डिसी नेपाल








Facebook Comment