सेयर बजार राताम्मे, १९.९७ अङ्कले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१५ वैशाख २०७९ १५:२२
40
Shares

काठमाडौं । साताको कारोबार अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १९.९७ अङ्कले घटेर २ हजार ३५६.२० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ४७ लाख ७४ हजार ५२० कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४९ करोड ९९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा आईएमइ जनरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड २५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ४४ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र एनसीसी बैंकको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र राधी बिद्युत कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन् भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स  र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.