बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक

डिसी नेपाल
१६ वैशाख २०७९ १०:१६
88
Shares

काठमाडौं। बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बसिरहेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  जारी  बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल  भइरहेकाे राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।।

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ।

११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ।

उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो। तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ।

आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.