ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोलामा ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहिबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइ रहे को छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment