करिब ४ हजार उम्मेदवारको मनोनयन फिर्ता

डिसी नेपाल
१६ वैशाख २०७९ २१:३९
48
Shares

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वानका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका मध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । आयोगका अनुसार शुक्रबार साँझसम्म १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।

आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.