आईपीएल : लखनउको छैटौं जित

डिसी नेपाल
१७ वैशाख २०७९ ७:४३
56
Shares

काठमाडौं। पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ। पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।

पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो। लखनउका क्विन्टन डी ककले सर्वाधिक ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए।

पन्जाबका कागिसो राबडाले ४ विकेट लिए। लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *