रोल्पाको थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

डिसी नेपाल
१७ वैशाख २०७९ १४:०२
196
Shares

रोल्पा। आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ ।कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो । कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, “हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्योँ ।’’

कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका थिए। नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् । नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो ।

नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने, “दर्जितलाई हाम्रो समर्थन हो, उहाँको नाममा सबैको सहमति बनेको छ ।’’ विसं २०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो । यसपटक माओवादी केन्द्रका विरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । रोल्पामा १० स्थानीय तहबाट उम्मेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन् ।
रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.