सिन्धुली, रामेछाप र दोलखामा आज मतपत्र ढुवानी हुँदै

डिसी नेपाल
१९ वैशाख २०७९ ७:५३
20
Shares

काठमाडौं। निर्वाचन आयोगले आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्दैछ। जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको थियो भने आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र आज आयोगले ढुवानी गर्न लागेको हो।

आयोगका अनुसार १७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामध्ये लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाई सकेको छ।

मधेस प्रदेशका ८ जिल्लासहित बाग्मती प्रदेशका रसुवा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ भने कर्णाली र सुदुरपश्चिमका सबै जिल्ला तथा प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाईसकिएको आयोगले जानकारी दिएको छ।

स्थानीय तहको निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ। संविधानसभावाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.