शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामीमा
काठमाडौं। शिखर इन्स्योरेन्सले ७७ हजार ७२०.८८ कित्ता सेयर आज (बैशाख १९ गते)देखि लिलामी खुला गरेको छ। कम्पनीले चैत १ गतेदेखि चैत २१ गतेसम्म ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेकोमा बिक्री नभएको उक्त सेयर लिलामीमा ल्याएको हो।
बैंकको यस सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। यो सेयर भर्ने अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ।







डिसी नेपाल








Facebook Comment