सोमबार ८ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१९ वैशाख २०७९ १०:४८
896
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोलामा ९८ हजार २ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ९० सय रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.