केजीएफ-२ को कमाइ हजार करोड नाघ्यो, फिल्मले बनायो ७ वटा रेकर्ड

डिसी नेपाल
१९ वैशाख २०७९ १४:३८
2.7k
Shares

काठमाडौं । निर्देशक प्रशान्त नीलले बनाएको कन्नड फिल्म केजीएफ च्याप्टर २ ले विश्वमा दबदबा बनाएको छ । फिल्मले विश्वभर करोडौं रुपैयाँ कमाएको छ । यससँगै फिल्मले भारतीय सिनेमाको इतिहासमा पनि आफ्नो नाम लेखाएको छ । केजीएफ च्याप्टर २ ले १ हजार करोडको अंक पार गरेको छ । योसँगै फिल्मले धेरै रेकर्ड बनाएको छ ।

केजीएफ च्याप्टर २ २०१८ को फिल्म केजीएफ को सिक्वेल हो। फिल्मको कथा रकी नामक एक अनाथ केटामा आधारित छ, जो गरिबीबाट उठेर सुन खानीको राजा बन्छन्। यस फिल्ममा सञ्जय दत्त, श्रीनिधि शेट्टी, रविना टण्डन र प्रकाश राजले काम गरेका छन् ।

भारतको चौथो सबैभन्दा धेरै कमाउने फिल्म

केजीएफ च्याप्टर २ चौथो भारतीय फिल्म हो, जसले १००० करोडको व्यापार गरेको छ । यससँगै यसको नाम इतिहासमा लेखिएको छ । यसअघि आरआरआरले १११५ करोड, बाहुबली २ ले १८१० करोड र दंगलले २०२४ करोडको व्यापार गरेक थिए। यस वर्षको अन्त्यसम्ममा यो फिल्मले आरआरआरलाई पछाडि छोडेर शीर्ष तीनमा पुग्ने ट्रेड विज्ञहरू बताउँछन् ।

कन्नड फिल्म उद्योगको सबैभन्दा धेरै कमाउने फिल्म

विश्वभर १००० करोड कमाएपछि केजीएफ च्याप्टर २ कन्नड सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। केजीएफ च्याप्टर २ ले एक्लै कन्नड उद्योगमा आफूपछिका सबैभन्दा धेरै कमाउने १२ फिल्महरूको जम्माजम्मी कमाइभन्दा बढी पैसा कमाएको छ।

ओपनिङ वीकेन्डमा भारतीय फिल्मको सबैभन्दा धेरै कलेक्सन

केजीएफ च्याप्टर २ ले आफ्नो ओपनिङ विकेण्डमा नै ठूलो कमाईतर्फ पाइला चालेको थियो। यो फिल्मले असम्भवलाई सम्भव बनाएको छ । यसले ओपनिङ विकेण्डमा बाहुबली २ को विश्वव्यापी कमाइलाई उछिनेको छ। फिल्मले ओपनिङ वीकेन्डमा ५५२ करोड कमाएको थियो । जबकि बाहुबली २ को कलेक्सन ५२६ करोड थियो ।

ओपनिङ दिनमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म

कन्नड फिल्महरूको हिन्दी डब संस्करणहरूले विरलै राम्रो प्रदर्शन गरेका छन्। केजीएफको हिन्दी संस्करणको लाइफटाइम कलेक्शन ५० करोड रुपैयाँ थियो, जुन त्यतिबेला राम्रो कमाइ मानिन्थ्यो। तर केजीएफ च्याप्टर २ ले पहिलो दिनदेखि नै धेरै कमाउन थाल्यो। यो फिल्मले ओपनिङ डेमा ५२ करोड रुपैयाँ कमाएको थियो, जुन हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा धेरै हो। यसले वारको ५० करोड र ठग्स अफ हिन्दोस्तानको ४८ करोड रुपैयाँको सङ्कलनलाई उछिनेको छ ।

महामारीपछि सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म

हिन्दी संस्करणको बम्पर कमाईसँगै केजीएफ च्याप्टर २ को लागि कमाईका धेरै बाटो खुल्यो। यसले जर्सी र रनवे ३४ जस्ता फिल्मले राम्रो प्रदर्शन नगरेको फाइदा पनि पाएको छ । रिलिज भएको दुई हप्तामा केजीएफ च्याप्टर २ को हिन्दी संस्करणले ३५० करोडको आँकडा पार गरेको छ । योसँगै यो महामारी सुरु भएयताकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । योसँगै यो तेस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म पनि बनेको छ । यसअघि दंगल र बाहुबली २ को नाम थियो ।

अग्रिम बुकिङमा सबैभन्दा धेरै कमाउने फिल्म

केजीएफ च्याप्टर २ ले रिलिज हुनुअघि नै रेकर्ड तोड्न थालेको थियो । यो अग्रिम बुकिङको कारण थियो। यशको फिल्मले अग्रिम बुकिङबाट ६० करोड कमाएको थियो । पिंकभिल्लाको रिपोर्ट अनुसार बाहुबली २ ले अग्रिम बुकिङबाट ५८ करोड रुपैयाँ कमाएको थियो ।

क्षेत्रीय सिनेमाका पनि धेरै रेकर्ड तोडिए

केजीएफ च्याप्टर २ ले धेरै विश्वव्यापी र राष्ट्रिय कीर्तिमान तोड्नुका साथै बक्स अफिसमा धेरै रेकर्डहरू पनि बनाएको छ। ओडिशामा १० करोड कमाउने यो पहिलो फिल्म हो । योसँगै यसले सबै ओडिया फिल्मलाई पछाडि पारेको छ । केरलामा सबैभन्दा छिटो ५० करोड कमाउने फिल्म पनि केजीएफ हो। फिल्मले मुम्बई र तमिलनाडुमा १०० करोड कमाएको छ । केजीएफ च्याप्टर २ ले बक्स अफिसमा यति राम्रो प्रदर्शन गरेको छ कि कन्नड भाषाको फिल्म भए पनि यसले तमिल फिल्म बिस्टलाई पछि पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.