दुई कम्पनीको १३ लाख २ हजार ९६५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको १३ लाख २ हजार ९६५ कित्ता बोनस सेयर सूचिकृत भएको छ। हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
हिमालयन जनरल इन्स्योरेन्सको ७ लाख ३१ हजार ७२४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।
त्यस्तै, समता घरेलु लघुवित्तको ५ लाख ७१ हजार २४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment