कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज पनि माैका

डिसी नेपाल
२१ वैशाख २०७९ ७:३२
80
Shares

काठमाडाैं। नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएकाे छ। पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेकाे हाे।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारीक उम्मेदवारको पक्षमा लागेमा कारबाही हुने छैन। यद्यपि कानुनी रुपमा भने अब उम्मेदवारी फिर्ता लिन मिल्दैन।

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकासहित कतिपय स्थानीय तहमा कांग्रेसका असन्तुष्ट उम्मेदवारले अझै आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन्। ‘वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गरी पार्टीका आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धता सहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याइ पुनर्विचार गर्न सक्ने सम्बन्धित सबैलाई निर्देशनाअनुसार जानकारी गराइन्छ,’ १९ वैशाखमा जारी विज्ञप्तिमा भनिएकाे थियाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.