एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र बिक्री खुला

डिसी नेपाल
२१ वैशाख २०७९ १०:३१
104
Shares

काठमाडौं।  एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र आज (वैशाख २१ गते)देखि बिक्री खुल्ला भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो।

बैंकले जारी गर्ने ऋणपत्रमध्ये ७० हजार कित्ता म्युचुअल फन्डलाई छुताइएको छ भने १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला गरेको छ भने, बाँकी २१ लाख कित्ता ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ।

बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९३/९४’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो।  यस ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइनेछ। यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १४ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ। इक्रा नेपालले यस ऋणपत्रलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.