मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त
काठमाडौँ। मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको २७१ औँ बैठकले पोखरेललाई पुनः दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति दिने निर्णय गरेको हो ।
योसँगै सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि आफ्नो दोस्रो कार्यकाल सम्हाल्नेछन् । यसअघि २०७५ जेठ १ गते बैंकको प्रमुख कार्यकारी भूमिकामा रहेका पोखरेल हालसम्म सोही पदमा कार्यरत छन् ।
विगत तीन दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment