निरन्तर घट्दै सेयर बजार, लगानीकर्ता तनावमा

डिसी नेपाल
२१ वैशाख २०७९ १५:१९
92
Shares

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । । बुधबार नेप्से परिसूचक ३१.७६ अङ्कले घटेर २ हजार २७५.६८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड ९२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ८९ रुपैयाँ १० पैसा कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र नबिल बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र बरुण हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन् भने ग्रीन भेञ्चर र युनियन हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.