बिहिबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२२ वैशाख २०७९ ८:२८
208
Shares

काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ।  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १२४ रुपैयाँ ८५ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९८ पैसा र बिक्री दर ८७ रुपैयाँ ४० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७५ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४० पैसा र बिक्री दर ३३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.