अप्पर सोलु हाइड्रोको १३ लाख ५० हजार कित्ता आइपिओ बिक्री खुला, आवेदन दिन कहाँ जाने ?

डिसी नेपाल
२२ वैशाख २०७९ ८:४४
328
Shares

काठमाडौं। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १३ लाख ५० हजार कित्ता आइपिओ आज (वैशाख २२ गते)देखि आउने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ जारी अर्ना लागेको हो।

यस आइपिओमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस आइपिओमा विक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने भएको छ। स्थानीयले यो आइपिओमा जेठ ५ गतेसम्म आवेदन दिन पाउने छन्। यो तोकेको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने छन्। इक्रा नेपालले यस आइपिओ लाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.