समृद्धि फाइनान्सको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२२ वैशाख २०७९ ९:०१
68
Shares

काठमाडौं । समृद्धि फाइनान्सको १५ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।

यो सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्। यो सेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय, हेटौडामा पुग्ने गरी आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.