पिपुल्स हाइड्रोपावरले आइपिओ जारी गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आइपीओ आईपीओ जारी गर्न अनुमति माग गरेको छ। नेपाल धितोपत्र बोर्डसँग कम्पनीले ८० लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८० करोड रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। उक्त आइपिओ जारी गर्न कम्पनीले बोर्डमा बैशाख १२ गते निवेदन दिएको हो ।
आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment