रामचन्द्रलाई जगन्नाथको जवाफ-धेरै अगाडि बढिसकेँ, पछि हट्न मिल्दैन
काठमाडौं। कार्यकर्ताको भावना विपरित भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेणु दाहाललाई समर्थन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेललाई उम्मेदवारी निष्क्रिय पार्न वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको आग्रह अस्वीकार गरेका छन्।
भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्ने आमसभामा भाग लिन चितवन पुगेका वरिष्ठ नेता पौडेलले बिहीबार विहान स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथलाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेका थिए। जवाफमा जगन्नाथले आफू धेरै अगाडि बढिसकेको र आफ्नो पक्षमा चुनावी माहोल रहेको भन्दै आफू पछि नहट्ने जवाफ दिएका थिए।
उक्त वार्तामा जगन्नाथसँगै, मीना खरेल र कृष्णलाल सापकोटा सँगै थिए।
जगन्नाथलाई मेयरको उम्मेदवारमा खरेल समर्थक र सापकोटा प्रस्तावक छन्। तर जगन्नाथसहित उनीहरु तीनैजनालाई कांग्रेसले निष्काशित गरिसकेको छ।







डिसी नेपाल








Facebook Comment