सृजना सिंहको चुनावी एजेण्डा : स्वच्छ, सुन्दर, सफा महानगरदेखि पर्यटकीय स्थल बनाउनेसम्म (भिडियाे)

डिसी नेपाल
२२ वैशाख २०७९ ११:३९
68
Shares

काठमाडौँ। स्थानीय तह निर्वाचन आउन एक हप्ता बाँकी रहँदा मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवार अन्तिम कसरतमा जुटेका छन्। उनीहरु यतिबेला रात दिन नभइ चुनाव प्रचारमा खटिइरहेका छन्। घरदैलो देखि चुनावी सभासम्ममा उनीहरु पुगिरहेका छन्।

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी माहोल झ्न तातेको छ। यहाँ मुख्यगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सृजना सिंह, नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहबीच त्रिपक्षीय प्रतिश्पर्धा हुने देखिन्छ।

त्यसो त काठमाडौं महानगरपालिकामा राप्रपा र विवेकशील साझाले पनि उम्मेद्वारी दिएका छन्। तर उनीहरुको भन्दा बढी चर्चा सिंह, स्थापित र शाहको नै बढी छ।

गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ सृजना सिंह यतिबेला चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा व्यस्त छिन्। चुनावी नतिजा आफ्नो पक्षमा पार्न उनी अहोरात्र खटिइरहेकी छन्।

मेयरकी उम्मेद्वार सिंहसँग बुधबार राति डिसी नेपालले कुराकानी गरेको छ। डिसी नेपालसँगको कुराकानीमा मेयरका उम्मेदवार सिंहले आफ्नो भावी योजना विस्तारमा सुनाएकी छन्।

उनले आफू मेयरमा निर्वाचित भए काठमाडौंलाई सोच्छ, सुन्दर, सफा र सुरक्षित सहरका रुपमा विकास गर्ने बताइन्। सभ्यता, सम्पदादेखि स्थानीय भाषा सबैलाई संरक्षण गर्ने योजना बनाएकी सिंहले काठमाडौँलाई विश्वमा एकचोटी घुम्न जानुपर्ने पर्यटकीय स्थल र ब्यापारिक केन्द्र बनाउने योजना रहेको बताइन्।

‘म मेयर भएपछि काठमाडौँलाई पुरानो संरचनाकै किसिमले बनाउँछु। पुरानो संरचना निर्माण गर्न महानगरले पनि सहयोग गरी सबै कुरा व्यवस्था गर्नेछु,’ उनले भनिन्।

उनले फोहोर ब्यबस्थापनदेखि धुलो धुवारहित काठमाडौँ योजना रहेको बताइन्। उनले भनिन्, ‘सडकमा भएका सबै खाल्टखुल्टी पुर्ने, फुटपाथमा अपाङ्गदेखि बृद्धबृद्धा हिँड्न सक्ने व्यवस्था गर्ने र साइकल लेन पनि बनाउने छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.