एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्‍यो जवाफ दिनुपर्छ : गगन थापा

डिसी नेपाल
२२ वैशाख २०७९ १३:१८
180
Shares

काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन्।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ। ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो ? यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्काे चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए।

दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरे। आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

आफ्नो आवेग र असन्तुष्टिलाई बिर्सेर कांग्रेस उम्मेदवारलाई निर्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.