कमल थापाको साथ छोड्दै नेताहरू, कोषाध्यक्ष गुरुङलले पनि दिए राजीनामा

डिसी नेपाल
२२ वैशाख २०७९ १४:५६
252
Shares

काठमाडौं। शीर्ष नेताहरूले राप्रपा नेपाल परित्याग गर्न थालेका छन्। गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपालको नेतृत्व गर्न पुगेका कमल थापाको साथ वरिष्ठ नेताहरूले छाड्न थालेका छन्।

बिहीबार राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरि कोषाध्यक्षबाट राजीनामा बुझाएका छन्।

केन्द्रीय कार्यालय विशालनगरमा गुरुङले आफ्नो राजीनामापत्र दर्ता गराएका छन्। गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए। गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्षसमेत भएका थिए ।

अहिले आएर गुरुङले थापाको साथ छाडेको छन् । थापासँगको राजनीतिक साथ छोड्नेमा गुरुङ मात्र होइन अघिल्लो साता शीर्षनेताहरूले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।

अघिल्लो साता उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि राप्रपा नेपाल परित्याग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.