३७.०६ अंकले ओरालो लाग्यो सेयर बजार, १ अर्ब ६५ करोडको कारोबार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ३७.०६ अङ्कले घटेर २ हजार २३८.६२ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा अरुण सूर्या लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको ८ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ८२ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया बैंक र नबिल बैंकको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र एनआईसी एशिया सेलेक फण्डका लगानीकर्ताले अधिक कमाएका छन् भने घलेम्दी हाइड्रो र मैलिङ्ग खोला जलबिद्युतका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment