कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन, एमाले र ओली प्रवृत्तिसँग हो : रामचन्द्र पौडेल

डिसी नेपाल
२२ वैशाख २०७९ १५:३६
140
Shares

चितवन। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन्।

चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए। कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए।

निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे। चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.