समाजवादी कांग्रेस किन गर्दैछ चुनाब बहिष्कार?
काठमाडाैं। स्थानीय तहको चुनावले देश बिघठनको बाटोमा जाने भन्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेपाल समाजवादी कांग्रेसले बिहीबार रत्नपार्कस्थित शान्तिवाटिकामा बिरोध सभा गरेको छ। बिरोध सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गोबिन्द निरौलाले चुनाव बहिष्कार गरेर देशलाई जोगाउन अपील गरे।
सभालाई सम्बोधन गर्दै निरौलाले अदालतले बनाईदिएको प्रधानमन्त्री शेरबहादुर देउवा र देउवालाई प्रधानमन्त्री बनाउने न्यायाधिशको नियत नै देश बिघठन गराउनु रहेकाले जसरी हुन्छ चुनाब बहिष्कार गरेर मुलुक जोगाउनु पर्ने बताए। अझ संघीयता र धर्म निरपेक्षताको भित्री मक्सद झन् डरलाग्दो भएको तर्क गर्दै निरौलाले अब आफ्नो पार्टीले त्यसको भण्डाफोर गर्दै सबैको हैसियत नेपाली जनता सामू प्रष्ट पार्ने प्रतिवद्दता समेत ब्यक्त गरे।
देशलाई बन्धकी राखेर गर्न खोजिएका सबै हर्कत परस्त गर्न समाजवादी कांग्रेस एक्लै काफी रहेको निरौलाको तर्क छ। भारतीयलाई नागरिकता दिएर नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा अगाडि सारेको भन्दै निरौलाले देशलाई सिक्किमीकरण गराउने योजना रहेको र त्यसलाई निस्तेज पार्न समाजवादी कांग्रेस बलि चढ्न तयार रहेको समेत बताए।
उक्त बिरोध सभामा बोल्दै समाजवादी कांग्रेसकी बरिष्ठ उपाध्यक्ष पुष्पा राणा घलेले बैशाख ३० गते हुने चुनाब बहिष्कार गर्न आम स्वाभिमानी नेपालीलाई आह्वान गरेकी छन्। नेपालको स्वाभिमान राख्न मात्र भएपनि चुनाब हर हातलमा बहिष्कार गर्ने पर्ने उनको तर्क छ। बिरोध सभामा पार्टी सचिव मान बहादुर गुरुङ्ग, सह-सचिव डाक्टर दुर्गा भुसाल, केन्द्रीय सदस्य चन्द्र पाण्डे, मनिता अर्याल लगायतले चुनाब बहिष्कार गरेरै छोड्नु पर्नेमा जोड दिएका थिए। पार्टी केन्द्रीय सदस्य बीरेन्द्र निरौलाले संचालन गरेको बिरोध सभाको उद्घाटन ओम बृद्दआश्रमका गणेश श्रेष्ठलाई एक थान ह्वील चियर प्रदान गरेर गरिएको थियो।







डिसी नेपाल








Facebook Comment