शुक्रबार ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२३ वैशाख २०७९ ११:२९
344
Shares

काठमाडौँ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोलामा ९८ हजार रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँ कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.