नेपालको खराब ब्याटिङ जिम्बावेलाई सामान्य लक्ष्य

डिसी नेपाल
२३ वैशाख २०७९ १२:१५
136
Shares

काठमाडौं। नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । सुरुवात देखि खराब ब्याटिङ गरेको नेपालले टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा १ सय ३६ रनमा अल आउट भएको छ।

नेपालका सोमपाल कामीले ७० बलमा सर्वाधिक ३० रन बनाए । करण केसीले ३६ बलमा २५ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।ओपनर कुशल भुर्तेल १९ रनमा,आसिफ शेख ५ रनमा,रोहित पौडेललाई ३,दीपेन्द्र सिंह एरी १८ रनमा,आदिल अन्सारी २ रनमा क्याच भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *