यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२५ वैशाख २०७९ ८:५९
236
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ५४ पैसा र बिक्री दर १५२ रुपैयाँ २८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ ३३ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १३ पैसा र बिक्री दर ८७ रुपैयाँ ५६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४१ पैसा र बिक्री दर ९ रुपैयाँ ४६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४० पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६३ पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.