६ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोलामा ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment