चुनाव नजिकिएसँगै १७.९५ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौं। चुनाव हुने मिति नजिकिएसंगै सेयर बजारमा केहि परिवर्तन आएको छ। चुनाव हुन केहि दिन मात्र बाँकी हुँदा सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १७.९५ अङ्कले बढेर २ हजार २५६.५७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ। यस कम्पनीको ७ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ हजार ७३८ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया बैंक र नबिल बैंकको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ्ग र माइक्रोफाइनान्स उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र घलाम्दी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन् भने उन्नति सहकार्य लघुवित्त र एनआइसी एशिया सेलेक फण्डका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment