इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा

डिसी नेपाल
२६ वैशाख २०७९ ८:०१
20
Shares

काठमाडौं। इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति मिलानले हेलास भेरोनामाथि ३-१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो। एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ।

मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल गरे। घरेलु टोली भेरोनाका मार्काे डेभिड फाराओनीको सान्त्वना गोल गरे। जितसँगै मिलानले ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७८ अंक छ । पराजित भेरोना ५२ अंक जोडेर नवौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *