२० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

डिसी नेपाल
२६ वैशाख २०७९ ९:१७
244
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै  ९१ दिन,१८२ दिन र १ वर्षको गरी ३ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोड ट्रजरी बिल जारी जारी गर्न लागेको हो । यो बिल आगामी साउन २४ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनको लागि ११ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस बिल भने आगामी कात्तिक २२ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि २ अर्ब ८ करोड बराबरको ट्रेजरी लिब जारी हुने भएको छ । यस ट्रेजरी बिल २०८० वैशाख २६  गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ। आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.